भूकम्पबाट प्रभावित घरधुरीलाई युवा संघ नेपाल केन्द्रीय कमिटीद्वारा राहत वितरण

मोहन जंग शाही
जाजरकोट ः कार्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ को रामिडाँडा केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पवाट प्रभावित घरधुरीलाई (एकिकृत समाजवादी) पार्टी भित्रको भातृ संगठन युवा संघ नेपाल केन्द्रीय कमिटीले राहत वितरण गरेको हो ।
एकिकृत समाजवादी केन्द्रीय कमिटी , कर्णाली प्रदेश कमिटी , जिल्ला कमिटी जाजरकोट ,युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी ,जाजरकोट जिल्ला कमिटी , रुकुम पश्चिम जिल्ला कमिटी र सल्यान जिल्ला कमिटीको सयुक्त संकलनमा पन्ध्र लाख बराबरको सोलार प्यानल,एन्टि मस्क्युटो किड्स , सेनिटरी प्याड ,अक्सिजन कन्सन्ट्रटर, अक्सिमीटर र औषधिहरु वितरण गरिएको एकिकृत समाजवादी जाजरकोट जिल्ला कमिटीका अध्यक्ष कमान खड्काले जानकारी दिनुभयो ।



