सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड


सुर्खेत ः नेकपा एमाले कर्णाली प्रदेशको मतगणना भइरहेको सुर्खेतस्थित सिटी हलमा विद्यार्थीले तोडफोड गरेपछि सिसा फुटेको छ । कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई कारबाही गरेको झोकमा सिटी हल तोडफोड गरिएको छ । त्यस्तै मतगणना समेत ढिला गरेको आरोप लगाएको छ । तोडफोड पछि रोकिएको मत गणनाको काम फेरी सुरु भएको छ ।

सुरुवातीमै आज बिहान ८ बजेदेखि हुने भनिएको मतगणना केही घण्टा ढिलोगरी सुरु भएको थियो । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो ।

कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् । कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।





error: Content is protected !!