जाजरकोटका सबै कार्यालयलाई उछिन्दै नलगाड नगरपालिका पहिलो

जाजरकोट ः जिल्ला समन्वय समिति जाजरकोटले गरेको आर्थिक वर्ष २०७९/ ८० को बार्षीक प्रगती समीक्षामा नलगाड नगरपालिका पहिलो भएको छ । नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन , स्थानीय तह र बित्तिय अनुशासन जोखिम मूल्यांकनमा समेत प्रथम स्थान हासिल गरेको छ । समन्वय समितिको गरेको समीक्षामा जुनिचाँदे गाउँपालिका सहभागी भएको थिएन । जाजरकोटमा सात स्थानीय तह , प्रदेशका कार्यालय र संघका कार्यालय समेत रहेका छन् । सबै कार्यालयको समीक्षा भएको थियो ।



