रोल्पाबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित

रोल्पा ःरोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।
बुधबार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।

यसअघि २०७४ सालमा रोल्पाबाट माओवादीका पुन नै निर्वाचित भएका थिए । एमालेबाट उम्मेदवार रहेका पूर्ण पनि पूर्व माओवादी नै हुन् ।





error: Content is protected !!