९ हजार ३१ भोटको अग्रताले शक्ति विजयी ः लगातार तेस्रो पटक जित्ने को हुन शक्ति

हेमन्त केसी
जाजरकोट ः नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत ९ हजार ३१ भोटको अग्रताले विजयी हुनुभएको छ । उहाँले ३४हजार १५१ भोट ल्याएर नेकपा एमालेका निरजप्रसाद आचार्यलाई पराजित गर्नुभएको हो । आचार्यको पक्षमा २५ हजार १२० भोट प्राप्त भएको छ । बस्नेतको यो तेस्रो पटकको जित हो । भेरी नगरपालिका–१ कालेगाउँमा जन्मिएका बस्नेत अहिले ५३ वर्षका हुनुभयो । राजनीतिक शास्त्रमा डिग्री पास गरेका बस्नेत एक सामान्य किसान परिवारमा जन्मिएका व्यक्ति हुनुहुन्छ ।
को हुन् उपमहासचिव शक्ति बस्नेत ?
नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुनुहुन्छ । वि सं २०२८ साल बैशाख १ गते बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मिनुभएको हो शक्ति बहादुर बस्नेत । उहाँका तीन भाई रहनुभएको छ । उहाँकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुनुहुन्छ भने , उहाँकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहनुभएको छ ।
बस्नेतको राजनीतिक जीवन भने ०४६÷४७ बाट मात्र सुरु भएको हो । तत्कालिन एकिकृत माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य ०५७ मा पूर्ण केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुनुभएको थियो । जन—परिचालनमा उहाँ निपूर्ण मानिएका मध्यमा पर्नुहुन्छ ।
२०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी हुनुभएको थियो ।
२०५९ सालमा पार्टी पोलिटव्युरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता स्वयत ईलाकाहरुको कुशलता पुर्बक ईन्चार्ज सिपको भूमिका निर्वाह गरेका गनुभएको थियो ।
बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याउनु भएको थियो । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आउनुभएको छ ।
शिक्षा
जाजरकोट खलंगा –९ कालेगाउँ गरिब किसान घरपरिवारमा जन्म लिएका शक्ति बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँले यसै भेरी ज्ञानुदय क्याम्पसवाट बिए सम्मको पढाईलाई पुरा गरी काठमाडौँबाट डिग्री उतिर्ण हुनुभएको छ ।

राजनीतिक यात्रा

ग्रामिण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध हुनुभएको थियो ।
बस्नेत २०४८ सालमा तत्कालिन एकताकेन्द्र (मशाल) राप्ती क्षेत्रिय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आउनुभएका उहाँ २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो ।
मन्त्री बस्नेतले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्नुभएको थियो । यहि समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामिण संघर्षलाई तिव्रता दिएको थियो ।
गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । २०५७ साल देखि पार्टी केन्द्रीय सदस्य जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णली क्षेत्रिय व्युरो ईन्चार्जको भुमिका निर्वाह गनुभयोे । २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णाली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी हुनुभयो । ०७१ मा उनी पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।
शक्ति बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याउनुभयो । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित वस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आउनुभएको छ ।
२०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उहाँले गृहमन्त्रीको रुपमा सफल काम गनुभएको थियो । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षालाई पुन रुपमा खरो रुपमा उत्रन उहाँलाई सजिलो थिएन ।
नाकाबन्दी जस्तो विषम समयमा बस्नेतले आफूलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिनुभएन । एमाले संगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उहाँको कार्यकालको चारैतिर बाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नितिगत सुधार गर्न, नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतको वातावरण मन्त्रालय तेस्रो अनुभव हो । उहाँले सुरुमा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएर काम गर्नुभएको थियो ।
वन तथा वातावरणको क्षेत्रमा भारी सफलता पाएका बस्नेत आज यो लेख तयार पर्दै गर्दा नेकपा ( माओवादी केन्द्र) को उपमहासचिव बन्नुभएको छ । शान्त ,शालिन तथा बौद्धिक नेताका रुपमा अफूलाइ स्थापित गरेका बस्नेत विवादरहित समेत पर्नुहुन्छ । आफूले गरेका कामको प्रचार समेत नगर्ने बस्नेत सम्झदार समेत छन् । अर्काको डाह नगर्ने तर धेरै सहनशिल क्षमता भएका नेता मध्यमा पर्नुहुन्छ । आज फेरी तेस्रो पटक जाजरकाटबाट निर्वाचित हुनुभयो ।
हेमन्त केसी





error: Content is protected !!