प्रदेशसभा सदस्यामा डोल्पा (क)बाट बुढा विजयी

डोल्पा , ८ मंसिर ः डोल्पा क्षेत्र नम्वर १ को (क) बाट प्रदेशसभा सदस्यामा नेकपा एमालेका शेरबहादुर बुढा विजय हुनुभएको छ । बुढाले ४हजार७४३ भोट ल्याएर विजय हुनुभएको हो ।
उहाँका प्रतिस्पधी नेपाली कांग्रेसका दिपेन्द्रबहादुर शाहीले २हजार४६५ भोट ल्याएर पराजित हुनुभयो । बुढाले शाहीलाई २हजार २७८ भोटको फरकाकिलो अन्तरले विजय हुनुभएको छ ।










