मुगुमा मतगणना सुरु ः कांग्रेसको अग्रता

रामदेबी खड्का
मुगु ः मुगुमा मतगणना सुरु भएको छ । चुनाव भएको चार दिन पछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभा तर्फबाट मतगणना सुरु भएको हो । २ हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले १ हजार १२ ल्याउनुभएको छ ।
उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका राजबहादुर कार्कीले ९३३ भोट ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।










