मुगुमा मतगणना सुरु

रामदेबी खड्का

मुगु ः निर्वाचन सम्पन्न भएको तीन दिन पछि मुगुमा मतगणना शुरु भएको छ । सबै मतदान स्थलबाट मतपेटिका आइसकेपछि आज विहानबाट मतगणना सुरु भएको हो ।

मुगुको प्रदेश सभा (क) को मुगमकार्मारोङ गाउँपालिकाको डोल्पु र मुगुका वडा र प्रदेश सभा (ख) को सोरु गाउँपालिकाको रिखियाँ र सुकाडिँक मतदानकेन्द्रको मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनाको अपडेट एक–एक घण्टामा गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख दिल कुमार बर्देवाले जानकारी दिनुभयो ।





error: Content is protected !!