श्रीमान माओवादी , श्रीमती एमालेको प्रचारमा

जाजरकोट ः भेरी नगरपालिका ३ बाट नेकपा ( माओवादी केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार दिएर पराजित भएकी शिला नेपाली अहिले नेकपा एमालेको प्रचारमा रहेकी छिन् । उनीले केही समय अगाडी काठमाडौँमा गएर एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गरेकी थिइन ।
केही दिन निस्कृया देखिएको शिला फेरी एमालेको प्रचारमा देखिन थालेकी छिन् । उनीका श्रीमान् लालबहादुर नेपाली नेकपा ( माओवादी केन्द्र) को प्रचारमा रहेका छन् । बुधबार दिउसो जाजरकोट सदरमुकाममा माओवादी उम्मेदवारसँगै गठबन्धनमा आवद्ध दलका उम्मेदारलाई जिताउन भोट माग्दै हिडिरहेका थिए । कुशे नामक संस्थाको नामबाट माओवादी भएकै कारण सबै भन्दा बढी लाभ लिनेमा शिला नै पर्छिन ।
पछिल्लो सयम राजनीतिक न्यूक्तिमा सामान्य कुरा नमिल्दा नेकपा एमालेमा शिला आबद्ध भइन् । तर उनका श्रीमान भने माओवादीमै खुलेकै लागेका छन् । माओवादी भित्र सिनियार नेता मध्यमा लाल पर्दछन् ।










