अपडेट- अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

अछाम ः अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका ६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।

उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।





error: Content is protected !!