ज्वारोका कारण छात्राको मृत्यु भएपछि भयो विद्यालय बन्द

जाजरकोट , नलगाड नगरपालिका ५ स्थितमा ज्वारो र रुघाखोकीले एक जनाको मृत्यु भएको छ । जुनि माध्यमिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द नै गरिएको छ ।
विद्यालयका विद्यार्थी तथा शिक्षक , शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ । गाउँमा सबै विरामी भएपछि समस्य भएको स्थानीय शिक्षक हरिष बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खवर गरिएको भएपछि अहिले सम्मा स्वास्थ्यकर्मी गाउँमा नपुगेको उहाँले जानकारी दिनुभयो ।
हप्ता दिन देखि बढेको ज्वारो र रुघाखोकीका कारण गाउँ नै समस्यमा परेको स्थानीयवासीले जानकारी दिएका छन् ।
हेमन्त केसी










