एकीकरण र धुव्रिकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल डा .भट्टराई

सुर्खेत, २१ भदौ ः नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकीकरण र धुव्रिकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताउनुभएको छ ।

पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी हुनुभएका पार्टी अध्यक्ष डा. भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गाउनुभएको थियो । पार्टीका अध्यक्ष डा. भट्टराईले दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभरको दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभएको हो ।
डा. भट्टराईले पार्टीले दुईवटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मसँगै सह–अध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरु सुदुरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौँ । भने अन्य साथीहरु पूर्व तिरका हिँडेका छन् । हामी चुनावी दौडान् मै कर्णाली पुगेका हौं ।’
यसै क्रममा कर्णाली पुगेका डा. भट्टराईले नेपालको राजनीतिमा आफुले बनाएको निर्वाचन प्रणालीमा विभिन्न कारणले अस्थिरता र तरलता भए पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको बताउनुभयो । डा. भट्टराईले भन्नुभयो, ‘हामीले गठबन्धन बनाएर विचार मिल्ने नजिककासँग मात्रै तालमेल गरेर निर्वाचनमा जादै र्छौँ ।
त्यसैले भर्खर गठन भएको नेपाल समाजवादी पार्टीको यो अभियान देशै भरी थालिएको हो ।’ डा. भट्टराईले यसअघि प्रवाधिक कारणमा चार वटा पार्टी गठन गर्न पुगेको बताउनुभयो । ‘यसमा कुनै अच्चम मान्नु पर्ने अवस्था छैन् ।
किन भने यसबीचमा आएका केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको हौं, हामीले लक्ष्य फेरेका छैनौं, समावेशियता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको हो । हामीले नयाँ शक्तीदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उहीँ नै छ । पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन् ।’
यस्तै, डा. भट्टराईले हाम्रो दिशा र लाईनमा पार्टी मा प्रष्ट भएर अगाडि बढेको बताउनुभयो । ‘पार्टी एउटा साधान हो। त्यो साधानलाई आवश्यताका आधारमा जोडिँदै जाने हो । जसरी गण्डकीको पनि बुढी गण्डकी, कालीगण्डकी, त्रिशुली मिलेर तल पुग्दाखेरी नारायणी हुन्छ । त्यसरीनै हाम्रो नाम मात्रै फेरिएको लक्ष्य उहीँ फेरिएको छैन् ।’





error: Content is protected !!