तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपका क्रममा गएराति ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो।
कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए।
घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरीरहेको विष्टको भनाइ छ।








