बामेखोला घटना ः पाँच जना विरुद्ध किटानी जाहेरी

सुर्खेत ः मंगलबार साझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन। जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँच जना विरुद्ध किटानी जाहेरी दिएका हुन्।
जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीया कुमार परियार, २५ वर्षीया ओमप्रकार सुनार, सनो सुर्खेतका २५ वर्षीया मीनु नेपाली, २३ वर्षीया न्युटन शाही र २८ वर्षीया गणेश नेपाली विरुद्ध किटानी जाहेरी दिएका हुन्।








