मन्ताभिर कहिले फोड्ने काम हुन्छ सरकार जवाफ चाहियो ? नेता बस्नेत
नेपालपोष्ट खबर
। २२ श्रावण २०७९, आईतवार १३:१६ मा प्रकाशित
काठमाडौँ ः मध्यपहाडी पहाडी लोकमार्ग अन्तरर्गत कर्णाली र सुदुरपश्चिम खण्डमा अप्टिकल फाइवर राख्ने नेपाल टेलिकमले ठेक्का लगाएको वषौँ भयो भएपनि काम नहुँदा समस्य भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले त्यो काम कहाँ सम्मा पुग्यो भनेर प्रश्न उठाउनु भएको छ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले अप्टिकल फाइवरको काम कहाँ पुग्यो सरकारसँग जवाफ माग्दछु बस्न्ेतले भन्नुभयो । बस्नेतले भन्नुभयो , मध्यपहाडी सडकको जाजरकोटको मन्ताभिरमा ५०० मिटर ट्याक औपनको काम नहुँदा यातायात सुचारु हुन सकेको छैन । सन्तुलित र समावेशी विकास हाम्रो राष्टिय विकासको महत्वपुर्ण हिस्सा हो । सरकारको घोषण गरेको स्थानीय तह केन्द्र सम्मा कालोपत्रेको व्यवस्था मिलाइयोस ।