कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक

सुर्खेत ः कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरीङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिए लगत्तै आज नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्ण शाहले जानकारी दिइन् । गैर सांसद लामालाइ माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्था अनुसार ६ महिना कार्यकाल पुरा भएपछि लामा आज बाट विदा भएका हुन् ।

शाही मन्त्री बन्दै
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा उर्जा विकास मन्त्रालय ,आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेको छ ।

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्बाचित प्रदेशसभा सदस्य बीरबहादुर शाहीलाइ मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ । ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् । यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि सांसदीय भित्र रहेका विषयगत समितिमा रहेका काम गरिरहेका छन् । शाह सचेतक रहेकी छिन् ।





error: Content is protected !!