कर्णाली सरकारले गर्यो १६ किलोमिटर पिच

सुर्खेत , १९ साउन ः कर्णाली प्रदेश सरकारले १६ किलोमिटर पिच गरेको प्रगती विवरण सार्वजानिक गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगती समीक्षामा यो कुरा सार्वजानिक गरिएको छ ।
प्रदेशका सबै मन्त्रालयहरुको प्रगती सुनाउने क्रम्मा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगती समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्रावेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल , ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगती विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगती विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।
सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोर्याउन समेत आग्रह गरेका थिए ।
सबै भन्दा ठुलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक ,पुल , जनता आवास , यातायात कार्यालय लगाएतका ठुला विकासका काम
गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो ।
बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ । यो वर्षमा अधुरा योजनाहरु पुरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दावी रहेको छ ।










