मन्त्रीको नाम पोलेर पैसा असुल्ने ?

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरु व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । साउन २ गते नै नयाँ योजनाको अक्तियारी पठाइसकेकोले योजना कार्यान्वन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने , ‘ यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अवको चार महिना भित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाइहरुलाइ भनेको छु , किन मेरो कुरा सुन्नुहुन्न । राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाइ थोरै समय भएपनि धेरै काम गर्छ तर काम नगर्नेलाइ जती समय भएपनि केही नगर्ने हुदोरहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको भन्दै मुख्यमन्त्री शाहीले यस्ता गलत कार्य तर्फ नलाग्न कर्मचारी र मन्त्रीहरुलाइ समेत निर्देशन दिए ।
कर्णाली प्रदेश सरकारको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कानुन भन्दा माथी कोही नभएकाले नहुने काम तर्फ नलाग्न समेत चेतावनी दिए । सबै भन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम विक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयको आएको भन्दै यस्ता गतल धन्धा तर्फ नलाग्न भन्दै सचेत समेत गराएका छन् ।

संघबाट आएको भन्दै ठुला कुरा नगर्न समेत कर्मचारीलाइ सुझाव दिएका दिएका छन् । यहाँको विकृती रोक्नका लागि अहिलेको बजेट निर्माण गर्दा आफू पुरै खटिएको समेत उनले बताए । मन्त्रालयहरुले बेरुजु रकम खटाउन समेत उनले सुझाव दिएका छन् । कर्णालीका सबै जिल्ला हाम्रा हुन भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिएका छन् ।





error: Content is protected !!