गणतन्त्रको चरित्र र आलोनाको आधार

कालीबहादुर मल्ल
दस बर्ष जनयुद्ध,१९ दिने जनआन्दोलन र विभिन्न समयमा भएका जनसंघर्ष ले तयार गरेको आधार भुमिमा संविधानसभा को चुनाव भई संघिय लोक तान्त्रिक गणतन्त्र स्थापना भयो । गणतन्त्रको स्थापना अझ भनौं २०७४ को चुनाव पछि क्रियान्वन मा आएको संघियता ले भौतिक पुर्वाधार को विकास ले इतिहास को रेकर्ड तोड्यो।

यसका साथै जनताका मौलिक हक स्थापित स्थापित गर्यो।सडक,बिजुली ,पानी,घर आगनमै जनता ले सेवा सुविधा प्राप्त गर्यो ,सुचना संचार क्षेत्रमा क्रान्ति भएको मान्न सकिन्छ ।
यति हुदाहुदै पनि यो व्यबस्था अनालोच्य भएन यति मात्रै होईन नकारात्मक धारणा वृद्धि हुन थाल्यो।यसलाई धेरै कोण बाट हेर्न सकिन्छ ,पहिलो (राज्यसत्ता मा सदियौं बर्ष देखि रजाइँ गरि आएको सत्तासीन बर्ग संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन बाकि रहेको अवस्थामा हुने गरेका कतिपय कम्जोरी लाई आधार बनाएर जनतामा भ्रम फैलाउन गरेका भ्रामक प्रचार।दोस्रो(संघियता क्रियान्वयनमा आएपछि निर्वाचित जन प्रतिनिधि को शैली अर्थात पार्टी हरुका प्रतिबद्धता ,नारा र ब्यबहर को अन्तरविरोध पारेको प्रभाव।सुशासन,पारदर्शिता र सदाचारको संकेत पनि नदेखिनु यसका उदाहरण हुन्।
तेस्रो (राज्यसत्ता ,सरकार)मा हुने गरेको अस्थिरता ,  इतिहास को विरासत पछ्याउदै गणतन्त्र पनि कुनै पनि सरकारले पुर्णावधि काम गर्न नपाउनु।नौ,दस महिना मा सरकार परिवर्तन र दुई तीन महिना मा मन्त्री फेर्ने परिपाटी ले जनतामा यसको नकारात्मक असर पर्नु अन्यथा हुदैन।यतिसम्म कि प्रति ब्यक्ति मन्त्री को भाग पुर्याउने ब्यबस्था को रुपमा सन्देश जनता मा पुग्यो।

चौथो (चुनावमा पराजित भई जनताले अविश्वास गरेको मन्त्री बनाउनु वा तल्लो मा पराजित लाई माथिल्लो तहमा बढुवा गर्नु पनि जनतालाई रुचेन।कमसेकम एक अवधि जनताको बिचमा परिक्षण मा राख्नु पर्नेमा आवश्यकता को बहानामा जन चाहाना विपरीत प्रमोसन गर्नु ब्यबस्था प्रति अविश्वास बढाउनु हो।

पाचौं तथा महत्त्वपूर्ण कुरा(राज्यसत्ता मा संस्थापन हुन बाकि संक्रमण अवधि।केही समय भ्रम र भ्रमले नधान्ने भएपछि बल प्रयोग ले सत्ता टिकाएको तत्कालीन सत्तारूढ बर्ग ले आफू लाई संस्थापक को रुपमा स्थापित गर्यो।३ सरकार पछि ५ सरकार को शासन लामो चल्यो।२०४७ पछि श्री ५ र संसदीय पार्टी मध्य संस्थापन को हुने भन्ने संघर्ष चल्यो खास गरि राजा र काग्रेस को संघर्ष भयो।

गणतन्त्रको आगमन पछि संविधानसभा को चुनावमा ने क पा (माओवादी केन्द्र) ठुलो पार्टी भएपनि बहुमत थिएन जसको परिणाम सैद्धान्तिक भन्दा गणितीय तालमेल बाट सरकार र संसद चल्यो।सबै बिचारका सबै पार्टी पालैपालो सरकार गठन भए।०७४ मा स्थायित्व को मिठो नारा बाम गठबन्धन भएर चुनाव लडियो।जनतामा उत्साह ,विश्वास र आशा जगायो ठुलो बहुमत आयो गठबन्धन कम्युनिस्ट एकतामा रुपान्तरण भयो।
विडम्बना १ने क पा को नेतृत्व तथा प्रधानमन्त्री के पिको

चिन्तनमा देखिएको सामन्ती एकाधिकारवादी शोच र संगठन तथा सरकार संचालनमा देखिएको स्वैच्छाचारिता ले ने क पा लाई संस्थापन हुन बाट रोक्यो।इतिहासमा प्राप्त गरेको अवसर नआउने गरि गयो।यो घटना बारे विद्यावारिधि गर्ने हरुले थेसिस लेख्लान।

अन्तमा(जनताले गणतन्त्रको स्पिरिट देख्ने र बुझ्ने गरि राज्य मा संस्थापन पक्ष हुन जरुरि छ त्यो परिवर्तनकारी शक्ति हुनु अनिवार्य छ।विषयको सारमा फेरिपनि नेपाली जनता अगाडि अर्को अवसर आएको छ मंशिर ४ गते चुनाव।

यो ऐतिहासिक अवसरमा नीति र नेतृत्व को बिच भएको अन्तरविरोध हल गर्न हामि सफल हुनेछौं त्यसपछि गणतन्त्र ले आफ्नो स्वरुप धारण गर्नेछ जनतामा देखिएको अविश्वास ,निराशा र आक्रोस हट्नेछ मंसिर ५ गते शोच्ने म्याद गईसकेको हुनेछ ।
लेखक ः नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज हुन् ।





error: Content is protected !!