रुकुम पश्चिमका ६ पालिकामा दस करोड रुपैयाँभन्दा बढी बेरुजु

रुकुम पश्चिम ः जिल्लाका ६ वटा स्थानीय तहमा १० करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । गत आर्थिक वर्ष २०७७र०७८ को लेखा परीक्षणमा १० करोड ५१ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा जिल्लाका तीन नगर तीन गाउँपालिकाको बेरुजु रकम उल्लेख छ ।

जम्मा ८ अर्ब ३४ करोड ११ लाख ६१ हजार रुपैंयाँको लेखापरीक्षण गरिएकामा त्यसमा १ दशमलव २६ प्रतिशत बेरुजु छ । सबभन्दा बढी आठबीसकोट नगरपालिका र सबैभन्दा कम मुसीकोट नगरपालिकामा बेरुजु रकम छ । आठबीसकोट नगरपालिकाको ३ करोड ६६ लाख ७८ हजार छ । यो कुल लेखापरीक्षण गरिएको रकमको २ दशमलव २ प्रतिशत हो ।

आठबीसकोटमा कुल १ अर्ब ८१ करोड ३१ लाख ११ हजारको लेखा परीक्षण गरिएको थियो । जिल्लामा सबैभन्दा बढी लेखापरीक्षण गरिएको रकम पनि आठबीसकोट नगरपालिकाकै हो । मुसीकोट नगरपालिकाको बेरुजु भने ० दशमलव ३१ प्रतिशत रहेको छ । कुल १ अर्ब ५० करोड २९ लाख २८ हजारको लेखापरीक्षण गरिएकामा बेरुजु ४५ लाख ८४ हजार निस्किएको छ ।

महालेखाको प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाको बेरुजु ३ करोड १५ लाख १ हजार छ । चौरजहारीमा कुल १ अर्ब ७९ करोड ८५ लाख ११ हजारको लेखापरीक्षण गरिएको थियो । लेखापरीक्षण गरिएको रकमको १ दशमलव ७५ प्रतिशत बेरुजु देखिएको हो । तीन गाउँपालिका मध्य कम बेरुजु बाँफिकोट गाउँपालिकाको छ । बाँफिकोटमा ० दशमलव ६८ प्रतिशत बेरुजु छ । कुल ९० करोड ९८ लाख १५ हजारको लेखापरीक्षण भएकामा ६१ लाख ७५ हजार बेरुजु आएको हो ।

त्रिवेणी गाउँपालिकाको बेरुजु १ करोड ४५ लाख ५३ हजार छ । कुल १ अर्ब १७ करोड २१ लाख २८ हजारको लेखापरीक्षण भएकामा १ दशमलव २४ प्रतिशत बेरुजु आएको हो । सानीभेरी गाउँपालिकामा कुल १ अर्ब १४ करोड ४६ लाख ६८ हजारको लेखापरीक्षण भएकामा १ दशमलव ०१ प्रतिशत अर्थात १ करोड १६ लाख ११ हजार बेरुजु आएको छ ।

तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षको बेरुजु भने घटेको छ । आर्थिक वर्ष २०७६र०७७ को तुलनामा आर्थिक वर्ष २०७७र०७८ मा बेरुजु घटेको हो । ०७६र०७७ मा ६ पालिकामा ३० करोड २३ लाख ५५ हजार बेरुजु देखिएको थियो । उक्त वर्ष कुल ७ अर्ब ६१ करोड ९३ लाख ७७ हजारको लेखापरीक्षण गरिएको थियो । गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरिएको रकम पनि कम थियो ।





error: Content is protected !!