चट्याङले एउटै घरका चारजना घाइते

रुकुम पश्चिम / आठबिसकोट नगरपालिका १० घारीखोला रुकुम पश्चिममा गोपाल केसी घरमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् ।
आठबीसकोट नगरपालिकाका नगरप्रमुख रबी केसीका अनुसार आज विहान चट्याङ लागेर गोपालको ३२ बर्षीया श्रीमती खिमला केसी, १२ बर्षीय छोरा लक्ष्मण केसी, ६ बर्षीया छोरी पुजामाया केसी र २ बर्षीय छोरा टेक बिक्रम केसी घाइते हनुभएको छ । आठबिसकोट नगर अस्पतालमा घाइतेहरुको उपचार भैरहेको छ ।










