विद्युत उत्पादन गृह भत्किदा चौकीदारका श्रीमती सहित दुइ छोराको ज्यान गयो

सुर्खेत , ३१ असाार ः हिमा गाउँपालिका १ आचार्यलिही जुम्लामा विद्युत उत्पादन गृह भत्किदा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुइ छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज विहान करिब साढे २ वजे ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । प्रहरी चौकीका अनुसार राती बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।





error: Content is protected !!