हो ,मैले सम्धीलाइ योजना दिएको छु के भो र ?

सुर्खेत / आर्थिक वर्ष २०७९–८० बजेट माथी छलफल गरिरहदा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायले बजेट बाँड्ने समयमा मन्त्री नभएको भए हुने रहेछ भन्दै पीडा पोखे । उनले भने ,‘ मुख्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्रीले गाली गर्ने , पार्टीले दबाव दिने ,माननीय सांसदहरु अनाआवश्यकको आरोप लगाउने  । ’

उनले पीडा सुनाउदै प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिदै भने ,‘ सचिवालले कमिसन खायो भनेर आरोप लगाउने हामीलाइ सही भन्ने हो भने त योजना हाल्न पाइन भनेर  सचिवालयका कर्मचारी मेरो अगाडी धुरु धुरु रोपाएका छन् । यो भन्दा पहिला मन्त्री हुँदा जसले कमिसन खाएर योजना हालेका थिए अहिले उनैले मलाइ कमिसन खाएर योजना हाल्यो भनेर आरोप लगाउछन् ? ’

यो भन्दा अगाडी मन्त्री भएका व्यक्तिले बजेट बनाउदा सांसदहरुलाइ फोन गरेर योजना माग नगरेको आरोप लगाउदै आफूले सबैलाइ फोन गरेर योजना दिन आग्रह गरी सबैका दुइ ,दुइ योजना समेटेको समेत बताए । समानुपातिक माननीयले पनि एक करोड पाए , प्रत्यक्षले ४ करोड दिएर पूर्वाधार कार्यक्रम सञ्चालनमा ल्याइएको समेत उनले जानकारी दिए  ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले आफ्नो योजना एउटा पनि नहालेको भन्दै पीडा सुनाएका मन्त्री रोकायले अफूले उनको योजना हालिदिएको समेत जानकारी दिए ।  डोल्पाकी प्रदेशसभा सदस्य पदमीक्वारी बोहरालाइ माननीय सम्धीनि ज्यू भन्दै मन्त्री रोकायले तपाइको पनि योजना हालिदिएको छु  तपाइ किन अनाआवश्यक आरोप लगाउनुहुन्छ भन्दै बरु मैले एउटा कान्छो छोराको सम्ध्यालो डोल्पा भएकाले एउटा योजना त्यहाँ हालेको छु के अचम्म भयो र ? उनले भने ।

उनले आक्रोश पोख्दै भने,‘ माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । बजेट घटेर आयो  , दायित्व बढेर आयो ।

साथै उनले आफूले आफ्नो मन्त्रालयको बजेट बाँडफाँट गर्न नपाएको गुनासो गरे । उनले भने,‘हाम्रो मन्त्रालयमा १० अर्ब ९२ करोड छ ।  त्यसमा मैले जम्मै ६८ करोड बाँढ्न पाएको छु । अन्य मन्त्रालयमा डेढ अर्ब भन्दा बढी बाँडफाँड गरेका छन् ।  हाम्रो मन्त्रालयमा नयाँ १६१ वटा योजना छन् ।’
उनले सुरुमा सरकारले अधुरा आयोजना पुरा गर्ने भनेर भनेपनि अन्तिममा नयाँ योजनाहरु बढी आएको बताए । ‘बहुवर्षीय ४१ जना छन्,’ उनले भने, ‘पहिला बजेट बढी हुन्थ्यो । क्रमागत थिएन । जनता सडक ८ करोड निर्वाचन क्षेत्र कोष ५ करोड  बाँकी एक करोडका दरमा सबै माननीयले योजना पाउनुहुन्थ्यो । अनि सन्तुष्ट हुनुहुन्थ्यो । अहिले जम्मा दुई वटा योजना पाउनुभयो कसरी सन्तुष्ट हुनुहन्थ्यो ? ’

बजेट सिलिङ गर्दा मुख्यमन्त्रीको अगाडि म आफूमात्र उभिएको थिएँ,’ उनले भने,‘ जम्मा ८ अर्ब ८८ करोड बजेट बाँड्नुपर्ने जानकारी दिएँ । त्यसमा पनि बहुबर्षिय र क्रमागतमा हो ।  बाँढ्ने जम्मा २० करोड मात्र राखिएको थियो । मैले त्यसै गरेको हुँ । तर अहिले सांसदहरुका मन फेरिए । अनि कसरी सन्तुष्ट हुने ?’
बैठकमा प्रदेशसभा सदस्य राजु नेपालीले‘नबोली, नबोली कर्णालीको विकास रातो किताब आयो, योजना मन्त्रीका स्वकीय, छोराछोरीलाई भयो’ भन्दै गीति टुक्काबाट प्रश्न गरेकी थिइन् । मन्त्री रोकायाले पनि प्रश्नको जवाफ टुक्काबाटै दिन्छु भन्दै भनेः
‘अरुलाई भन्नुभन्दा हिजोका दिन हेर
आफै मन्त्री भएका मान्छे ८९÷८० बजेट कोइ नफाल्या खेर’





error: Content is protected !!