दुनै २४ परिवार विस्थापित ,सांसद पहाडीले दुनै बचाउन सरकारसँग माग

सुर्खेत ,  ठुलिभेरी नगरपाालिका ३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् ।

ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पु¥याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जनाको घर खेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्न विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतीको बारेमा जानकारी गराउनुभएको थियो । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यो भन्दा अगााडी गरिएको काम समेत परिणाममुखी नहुँदा समस्य हुँदै आएको सांसद पहाडीको भनाइ छ ।





error: Content is protected !!