माओवादी नेतृ सत्य पहाडीको माग ः डोल्पाको सदरमुकाम र जाजरकोट सदरमुकाम जोगाउ

काठमाडौँ ः प्रतिनिधिसभामा सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले डोल्पाको सदरमुकाम दुनै र जाजरकोट सदरमुकाम खलंगा जोखिममा रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

राज्यले गरेको लगानी सामान्य मात्र भएको भन्दै पहाडीले लगानी बढाइ त्यहाँका स्थानीयबासीको रक्षा गर्न समेत माग गर्नुभयो । डोल्पाको सदरमुकाममा केही दिन अघि आएको बाढीका कारण करोड भन्दा बढीको क्षती भएपछि पूर्वमन्त्री पहाडीले तत्काल समस्य हल गर्न माग समेत गर्नुभएको हो । दुनैमा भेरी नदीको कटानले समस्य बनाउदै लिएको छ भने जाजरकोट सदरमुकाममा पहिरोको जोखिम रहदै आएको छ ।

 





error: Content is protected !!