यारीमा सुक्खा बन्दहगाह निर्माणको लागि अध्ययन सुरु

सुर्खेत , ३ असार ः संघीय सरकारको योजना अनुसार हुम्लाको नाम्खा ५ यारीमा सक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम सुरु भएको छ ।
चालुु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो । यसका लागि केही समय अगाडी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरि सम्झौता गरेको थियो । लिमिटेडसँगको सम्झौतासँगै दुुई सदस्यीय टोली हुम्ला पुुगेर स्थलगत रुपमा अध्ययन सुुरु गरेको प्रमुख जिल्ला अधिकारी सीता परियार परियारले बताइन ।
इन्जिनीयर सन्तोष खड्को टोली यारीमा पुगेर बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन सुरु गरेको छ । टोलीले जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुुली, सडक सञ्जाल र सामाजिक बिवरणको समेत अध्ययन गरिरहेको छ । यहाँको क्षेत्र चार हजार ४०० मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अबस्थाको पनि अध्ययन गरिरहेको र उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको छ ।
कर्णाली, लुुम्बिनी र सुदुरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाईदा लिनका लागि उक्त बन्दरगाह व्यापारिक तथा रणनैतिक महत्वको हुने अपेक्षा लिइएको छ ।
स्थलगत अध्ययनपछि उक्त टोलिले प्रतिबेदन दिने र बन्दरगाहको डिपिआर तयारीको बाटो खुल्ने छ ।
यारीलाइ सुक्खा बन्दरगाह बनाउने माग धेरै अगाडी देखि भनिएपनि राज्यले बल्ल सुनुवाइ गरेको हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले बताए । त्यस्तै उपल्लो डोल्पाको धो मा समेत सुक्खा बन्दहगाह निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ । हिमाली सहर निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ ।










