एसपीपी सम्झौता सांसद शर्मा भन्नुहुन्छ ः सत्तामा हुँदा पैसा आउछ भनेर चुप हुने ?

एसपीपी सम्झौता बारे राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जुनसुकै कुरा पनि सत्ता हुदा बाहिर नआउने तर सत्ता बाहिर हुँन मात्र सबै कुरा सार्वजानिक हुने तरिकाले समस्य भइरहेको बताउनुभयो । सांसदमा समेत मिडिया मार्फत थाहा पाउनुपर्ने बाध्यता किन भएको छ भन्दै उहाँले सेनाले पनि दोहोरो भूमिका खेलेको भन्दै आश्चर्य चकित भएको बताउनुभयो ।
शर्माले भन्नुभयो र्, जनता र सांसदलाइ छलेर किन काम हुन्छ । यो राष्ट्रघात भएको छ । यसको सम्वन्ध र सुत्र कहाँ रहेको छ । हामी बिभिन्न आन्दोलन गरेर आएका छौँ ति सबै आन्दोलन राष्ट्रियताको पक्षमा रहेका छन् । परराष्ट नीति पञ्चशिलको आधारमा हुन्छ भनिएको छ । सत्तामा भएको बेला पैसा आउछ भनेर चुपचाप हुने सत्ता बाहिर हुँदा क्रान्तिकारी बन्ने तरिकाले देश बर्बाद भएको छ । ”










