पैसा बाँड्ने संकामा एकले अर्काको निगरानी

जाजरकोट , २९ वैशाख ः कर्णालीका अधिकांश जिल्लामा मतदातालाइ प्रभावित बनाउनका लागि पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरुले एकले अर्काको निगरानी गर्न थालेका छन् । आ आफना यूवाहरुलाइ विपक्षी उम्मेदवारको नागरानी गर्ने कार्य सुरु भएको छ । यूवाहरुलाइ टिम बनाएर टोलै पिच्छे गस्ती देखि नाँकाहरुमा यूवाहरु परिचालन गरिएको छ ।

जाजरकोट , रुकुम पश्चिम , डोल्पा , हुम्ला, सुर्खेत , दैलेख र कालीकोटमा यूवाहरुलाइ परिचालन गरि एकले अर्कालाइ निगरानी गरिरहेका छन् । यस्तो निगरानीको नाममा द्धन्द्ध बढ्ने संका मतदाताले गरेका छन् । गाउँ , गाउँमा मतदाता शिक्षा भन्दा पनि पैसा बाँड्ने र अर्कालाइ रोक्ने काममा यूवाहरु प्रयोग भएको पाइएको छ । आफू पैसा बाँड्न अर्कालाइ निगरानी बढाइरहेको दलहरु बीचमा आरोप छ । निशेषधको राजनीतिले कोही पनि कही नपुग्ने दलहरुको बीचमा आरोप ,प्रतिआरोप सुरु भएको छ । सुर्खेतको गुर्भाकोटमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ परेलगत्तै झन निगरानी बढेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा समेत पैसा बाँड्ने विषयमा झडप हुँदा उम्मेदवार नै घाइते भएका छन् । जाजरकोट नलगाड १० मा पैसा बाड्ने विषयमा विवाद हुँदा हिजो मात्र झडप भएको थियो ।

सदरमुकाम तथा बजार क्षेत्रमा मौन अवधिको पालना भएपनि गाउँमा अझै भोट माग्ने , खुल्ला कार्यक्रम गर्ने क्रम जारी रहेको छ । डोल्पाको मुड्केचुलामा नेकपा एमालेका उम्मेदवार लंक रोकायको टिम अहिले पनि घर दैलो गरिरहेको तस्वीर सार्वजनिक भएको छ । गाउँमा निर्बाचन आचारसंहिताको विषयमा कुनै जानकारी नभएको पाइएको छ । खुल्याम राजनीतिक कार्यक्रमहरु जारी रहेको नलगाड ८ का जनक खत्रीले बताए । प्रहरी ,प्रशासन देखि धेरै टाढा भएका कारण उम्मेदवारले जे पनि गर्न पाएको उनको भनाइ छ ।





error: Content is protected !!