कांग्रेस भेरी उपसभापित त्यागेर एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार

सुर्खेत , १२ वैशाख ः नेपाली कांग्रेस भेरी नगरपालिकाका उपसभापति दलबहादुर रानाले कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षको उम्मेदवार बनेका छन् । कांग्रेस त्यगेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालले दिएको थियो । उनी एमालेको तर्फबाट वडा नम्वर १० का वडाध्यक्षका उम्मेदवार भएका छन् ।










