एकै व्यक्ति दुइ पार्टीको उम्मेदवार

सुर्खेत , १२ वैशाख ः डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा ( एकीकृत समाजबादी) को उम्मेदवार एकै पटक भएका छन् । उनलाइ समाजबादी र एमालले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनि प्रचार समेत सुरु भएको छ ।











