समाजबादी र एमालेका उम्मेदवार निविरोध भएको दावी

सुर्खेत , १२ वैशाख ः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले डोल्पाबाट आफ्ना उम्मेदवार बिजयी भएको ब.जनाएको छ । समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् । उत्ता नेकपा एमालेका नेता शेरबहादुर बुढाले दिएको जानकारी अनुसार छार्का ताङसोङ गाउँ पालिका उपाध्यक्ष कार्मा सिंडुल गुरुङ र दुई वडा अध्यक्ष निर्विरोध निर्वाचित भएको बताएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आफूले पनि सुनेको तर अधिकारिताका लागि बुझदै गरेको बताए ।





error: Content is protected !!