रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी र समाजबादी बीच समिकरण

सुर्खेत , १२ वैशाख ः रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा ( माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी) बीच तालमे्ल भएको छ । माओवादीका तर्फ मुसिकोट नगरपालिकामा मेयरमा बसन्त शर्मा र समाजवादीको तर्फबाट उपमेयरमा विमल कुमार पुनले मनोनयन दर्ता गरेका छन् । यो भन्दा अघिल्लो निर्बाचनमा पनि माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर समाजबादी सँग समिकरण भएपछि राजनीतिक मोड अकै भएको छ ।










