चौरजहारीमा माओवादीबाट पुष्पा वादी र इश्वरीकुमारी शर्माको उम्मेदवारी

रुकुम पश्चिम ः चौरजहारी नगरपालिकामा नेकपा माओवादीको तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्माले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् । कर्णाली प्रदेशका अरु ८ जिल्लामा गठबन्धन गर्ने भनिएपनि यहाँ भने गठबन्धनको कुनै निर्णय भएको छैन । त्यसैले माओवादीले मात्रै उम्मेवादरी दर्ता गरेको छ । त्यसपछि कांग्रेस, एमाले र समाजवादीले उम्मेदवारी दिने गरी निर्वाचन अधिकृतको कार्यालयसित समय मागेका छन् ।

कांग्रेसबाट प्रेमबहादुर ओली प्रमुख, दिपा डाँगी खड्का उपप्रमुखका उम्मेदवार हुने तयारी छन् । नेकपा एमालेबाट प्रमुखमा टंकप्रसाद ओली र उपप्रमुखमा डण्डी कार्की तथा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा पुस्तक चन्द र उप्रमुखमा शुशिला गिरीलाई अघि सारिएको छ ।





error: Content is protected !!