प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दै छन्। पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।





error: Content is protected !!