दुइ जिल्लामा अझै भएन सहमति

सुर्खेत , १२ वैशाख ः मनोनयन दर्ता गर्ने केही घण्टा मात्र बाँकी रहदा सत्ता गठबन्धन भित्रको रुकुम पश्चिम र सुर्खेतमा अझै सहमति हुन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माको जिल्ला रुकुम पश्चिम र नेपाली कांग्रेसका उपसभापित पुर्णबहादुर खड्का जिल्ला सुर्खेतमा अझै सहमित हुन नसकेको हो । रुकुम पश्चिममा एक लौटी माओवादी केन्द्रले जितेको छ भने सुर्खेतमा कांग्रेसको बाहुल्यता रहेको बताएको छ । कर्णालीका आठ जिल्लामा चुनावी तालमेल भएपनि दुइ जिल्लामा तालमेल नहुँदा गठबन्धन भित्र खटपट सुरु भएको छ । हिजो मात्र बाडफाँट गरेको ठाउँमा समेत बाँगी उम्मेदवारी दिने भन्दै सार्वजानिक रुपमा अभिव्यक्तिहरु आइरहेका छन् । सल्यानमा गठबन्धनले लगाएको भागबण्डा नमान्ने भन्दै एक लौटी उम्मेदवारी दिन लागेको पुर्वमन्त्री टेकबहादुर बस्नेतले सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
रुकुम पश्चिम र सुर्खेतका विषयमा पुर्ण सुर्खेतमै छलफल सुरु हुन लागेको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । उनका अनुसार निर्णयक छलफल हुन लागेको छ । जाजरकोटको भेरी नगरपालिकामा समाजबादीलाइ मेयर दिएपछि माओवादीले सबै पदमा उम्मेदवारी दिने बताएको छ ।
गठबन्धनले माओवादीलाइ भाग लगाएको जाजरकोटको शिवालय गाउँपालिकामा कांग्रेसका शेरबहादुर शाहीले मागी हाल्ने अभिब्यक्ति दिएका छन् । महिलाको प्रतिनिधित्व समेत कम हुने भएपछि झन आक्रोष बढेको छ । सुर्खेत र रुकुम पश्चिममा गठबन्धन गर्दा भागबण्डामा कुरा नमिल्दा समस्य हुँदै आएको छ ।










