कांगे्रसबाट माओवादीमा प्रवेश गरे लगत्तै टिकट

सुर्खेत , ११ वैशाख / त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा(माओवादी केन्द्र)बाट दिल बहादुर बिष्टले मेयर पदमा उम्मेद्धारी दर्ता गराएका छन् । उनले कांग्रेस परित्याग गरेको एक घण्टा भित्र टिकट पाएका हुन् ।

सयौँ नेता कार्यकर्ता र शुभचिन्तक सहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता बिष्टले मेयर पदमा उम्मेद्धारी दर्ता गराएका हुन् । शनिवार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरि राजिनामा गरेका बिष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए । नेता बिष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने,प्रदेश सभा सदस्य बीरबहादुर शाही लगायतले स्वागत गरेकाहुन् ।

प्रवेश कार्यक्रममा बोल्दै नेता बिष्टले कांग्रेस सामान्तवाद र पुँजीपति बर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गरे । लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीकालागि ठुलो त्याग,तपस्या,बलिदान,संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्र्तघात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए ।
नेता बिष्ट जनमत भएका प्रभावसाली नेताको रुपमा परिचित छन् । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका बिष्ट विगत २९ बर्ष देखि काङग्रेसको राजनितिमा सक्रिय भुमिका खेल्दै आएका थिए । विस २०५२ सालमा कांग्रेस पार्टी सभापति समेत भएका थिए । बिष्टका सन्तान छैनन् । बिष्टकी श्रीमती दिलमाया बिष्टले पनि महिला संघ जिल्ला अध्यक्षबाट राजिनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेता कार्यकर्ताको दवाव भएकाले उम्मेद्धारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको बिष्टले दाबी गरे ।





error: Content is protected !!