जिल्ला भरीमा एक जनाले मात्र उम्मेदवारी दर्ता

सुर्खेत , ११ वैशाख ः जाजरकोटका सात स्थानीय तह मध्य नलगाड नगरपालिकामा मात्र एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपाबाट नगरप्रमुखको लागि सत्यलाल गाैतम उम्मेदवारी दिएको जिल्ला निर्बाचन कार्यालय ,जाजरकोटले जनाएको छ । गठबन्धन भित्र वडा सम्मा सहमती नभएको र नेकपा एमाले भित्र पालिका प्रमुख , उपप्रमुखको मात्र उम्मेदवार टुंगो लागेका कारण कसैले आज मनोनयन दर्ता नगरेको पाइएको छ ।
गठबन्धन भित्र आज दिउसो मात्र पालिकाको भागबण्डा टुंगो लागेको थियो । भोली मात्र उम्मेदवारी दत्र्ता गर्नेको ठुलो भिड लाग्ने अनुमन गरिएको छ ।










