काँग्रेस संस्थापनविरुद्ध शेखर कोइराला समूहको भेला

सुर्खेत ११ वैशाख ः नेपाली कांग्रेस सुर्खेतको संस्थापन इतर पक्ष शेखर कोइराला (समूह) सुर्खेतमा हृदयराम थानी नेतृत्वले मनोनयन दर्ताकै दिन छुटै भेलाको आयोजना गरेको छ ।

कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खवरदारी गर्ने निष्कर्ष निकालेकों छ ।

संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पाटी भित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष छ । भेलाले पाटी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलाई निषेधगरेर अगाडी बढ्नु कसैको लागी पनि फाईदा नहुने ठहर गरेको छ ।

भेलाले वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरित नगर सभापति उपेन्द्र खड्काले एकलौटी रुपमा नाम सिफारिस गर्नु असक्षम र अपरिपक्क नेतृत्व सावित भएको निष्कर्ष निकालेको छ । जीवन नै पाटीमा लगाएकालाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पाटीले अगाडी बढाएकोप्रति भेलाले आपत्ती जनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सभापति रेग्मीले निर्वाचनमा काँग्रेसलाइ विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै सबैलाई सम्मान व्यवाहर गर्न पार्टी नेतृत्वलाई अपिल गर्नुभयो ।

उनले आफ्नो नेतृत्वमा ९ पालिका रहेको सुर्खेतमा ६ पालिका जिताउन सफल भएको भन्दै आगामी निर्वाचनमा त्यो भन्दा बढि जिताउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।

निर्वतमान सभापति रेग्मीले आफूहरु पाटीलाई जीत हाँसिल गराउन तयार रहेको भन्दै नेतृत्वबाट अहिलेसम्म पनि आफुहरुसंग कुनैपनि वार्ता सम्वाद नभएको स्पष्ट पार्नुभयो ।

उनले जुङ्गाका रेखा नबस्दै राजनितिमा होमीएकालाई उपेक्षा गरेर पाटीमा कुनैपनि योगदान नभएकाहरुलाई जिम्मेवारी दिनु दुखद् भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै जिल्लामा रहेका वडातहदेखि पालिकासम्म आफूहरुलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म आफुहरुले कुनैपनि पद नलिने समूहले निष्कर्ष निकालेको छ ।

यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा सिफारिस भएका नेताहरु नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेद्धवारी फिर्ता लिएका छन् । उनीहरु दुवैले हरेक क्षेत्रमा सम्मानजन आफुहरुको उपस्थित नभए कुनै ठाउँको पनि उम्मेद्धवार नबन्ने दोहोरयाउनु भएको छ ।

दुवैजनाले यसअघि नै कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं २ लाई निवेदन दिएर उम्मेद्वारी फिर्ता लिएको बताए । सुर्खेतका निर्वतमान सचिव भुपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाए ।

पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उनको भनाई छ । त्यस्तै नेपाली काँग्रेसका युवा नेता नारायण कोईरालाले पाटीमा योगदान दिएका र योग्य नेता कार्यकर्तालाई उपेक्षा गर्दै एकपक्षलाई वाईपास गरेर दिएको एकल उमेद्धवारीको कुनै अर्थ नहुने बताए ।

पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाई छ । नेपाली काँग्रेस सुर्खेतका पूर्व टेकबहादुर भण्डारीले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गर्ने र भूमिका नदिएर एकपक्षयी गर्न खोजे त्यसको परिणाम राम्रो नआउने बताए ।





error: Content is protected !!