आठ जिल्लामा गठबन्धनको टुंगो लागेसँगै उम्मेदवार छनोटका लागि बैठक सुरु

सुर्खेत , ११ वैशाख ः सत्तारुढ गठबन्धनले पालिकाहरुको भागबण्डा मिलाएसँगै उम्मेदवारको टुंगो लगाउका लागि अहिले बैठक सुरु भएको छ ।
कर्णालीका १० जिल्लामा आफूले पाएको भाग अनुसारको उम्मेदवार छनोट गर्न अहिले सुर्खेत स्थित पार्टी कायर्यालयमा छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । तत्काल उम्मेदवारको नामावली टुंगो लगाएर जिल्लामा पठाइ मनोनयान दत्र्ताका लागि काम सुरु हुने इन्चार्ज मल्लले बताए । कांग्रेसले पनि उम्मेदवारका विषयमा बैठक सुरु गरेको छ ।
६ दिन सम्म भएको बार्ताबाट भागबण्डा मिलेपछि आन्तरिक पार्टी भित्रको टिकटका लागि छलफल सुरु भएको बताएको छ । एकै पालिकाबाट ६ जना सम्मको नाम प्रदेशमा सिफारिस भएकोले तत्काल मिलाएर पठाउन लागिएको मल्लले बताए । उम्मेदवारी दत्र्ताका लागि आज र भोलदी समय दिइएको छ ।
.










