कर्णालीका दुइ जिल्लामा अझै भागबण्डा मिलेन

 कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबण्डा टुंगा लगाएको छ भने अझै दुइ जिल्लामा सहमती हुन सकेको छैन । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुङ्गो लगाएको हो ।

रुकुम पश्चिम र सुर्खेतका विषयमा टुंगो लगाउनका लागि काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माबीच वार्ता भइरहेको बताएको छ ।
जसअनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाको पालिकाको बाँडफाँटमा गरिएको छ । रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ । रुकुम पश्चिमका माओवादीले एकलौटी जितेको छ । । माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल अनुसार काँग्रेसले रुकुम पश्चिममा धेरै पालिका मागेको छ । माओवादीले पनि धेरै मागेको बताएको छ । रुकुम पश्चिमका काँग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन ।

माओवादीले काँग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि काँग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने आफूहरुको माग रहेको उनले बताए ।





error: Content is protected !!