नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र मा प्रवेश

पुर्ण सार्की
डोल्पा जिल्ला नेपाली कांग्रेस मा आज भुइँचालो गएको छ। संस्थापक पक्ष का महासमिति सदस्य नैं नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र मा प्रवेश गरेका छन्। विगत लामो समयदेखि आफ्नो जीवन नेपाली कांग्रेस को राजनीतिक यात्रा मा बिताएका दिल बहादुर विष्ट का दम्पती द्वय आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।
संस्थापक पक्षका विष्ट विगत ५ वर्ष जिल्ला पार्टी सभापति पनि चलाएका थिए। भने विष्ट की पत्नी हाल महिला संघ डोल्पा को सभापति हुन। नेपाली कांग्रेस ले आफूलाई अपहेलना गरेको र जनमत भन्दा पुजी बादी पावर भएका मान्छे लाई अवसर दिने र विधि विधान मिचेर नयाँ नयाँ उम्मेदवार बनाइएको प्रति असन्तुष्टी जनाएका थिए।

विष्ट प्रवेश कार्यक्रम मा बोल्दै गर्दा विष्ट की पत्नी भने आँसु चुहाउदै आफूहरुलाइ पीडित बनाएको बताइन। पार्टी प्रवेशमा नेकपा माआवादी केन्द्र का केन्द्रीय सदस्य राम विक देखि कर्णाली प्रदेश संसद बीरबहादृुर शाही लगायत कार्यकर्ता भेला भएका थिए। पार्टी प्रवेश सगै नेकपा माओवादी केन्द्र ले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नपा मेयर को टुंगो लगाएको थियो। मेयर मा नब प्रबेशी दिलबहादुर विष्ट सर्वसहमतिले चयन भएका थिए ।










