काइके गाउँपालिकाले लगायो , डोल्पोबुद्धमा जान रोक

सुर्खेत / काइके गाउँपालिकाले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा जान र आउन प्रतिबन्द्ध लगाएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेपछि डोल्पोबुद्ध गाउँपालिका माथी काइके गाउँपालिकाले विज्ञप्ति नै निकालेर प्रतिबन्ध लगाएको हो । काइके गाउँपालिकाको भुभाग हुँदै उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा जाने र आउने बाटो रहेको छ । काइके गाउँपालिकाका अध्यक्ष अंकत रानाले निकालेको विज्ञप्तिमा भनिएको छ ,‘ काइके गाउँपालिकामा सबै उम्मेदवारहरु सर्वसहमतीले चयान भएको बेला डोल्पोबुद्ध गाउँपालिकाले सर्वसहमती हुन नदिनु धार्मिक तथा भाइचाराको सम्वन्ध विर्गाने खेल खेलेको छ , हामी सबैले उपल्लो डोल्पाको एकै स्वार बोल्नुपर्छ । यदि सर्वसहती हुन नदिए नाका बन्द नखोल्ने निर्णय भएको छ ।’
स्थानीयबासीका अनुसार विज्ञप्ति प्रकाशन गर्नु अघि नै खाद्यान्न बोकेका चौँरी र घोडा र खच्च्डहरु रोक्न सुरु भएको डोल्पोबुद्ध गाउँपालिकाले जनाएको छ । केही समय अघि नेकपा एमालेबाट नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले सांसद धनबहादुर रानाको आँडमा यो काम गरिरहेको स्थानीयबासीको आरोप छ । उपल्लो डोल्पामा अहिले सम्मा स्वतन्त्र रुपमा चुनाव हुन नसकेको र बुथहरु कब्जा गरी जवरजस्ती मतदान गरी चुनावमा आफू अनुकुलको मान्छेलाइ जनप्रतिनिधि बनाउदै आएको आरोप सांसद बुढा माथी लाग्दै आएको छ ।
डोल्पोबुद्धका अध्यक्ष लगाएत बहुमत जनप्रतिनिधि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेपछि तिकक्त बढदै आएको छ । यत्ता डोल्पाको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले शान्ति सुरक्षा दिन तयार भएको बताएका छन् । तर उनले यो भनिरहदा अवस्था झन विग्रदो अवस्थामा रहेको छ ।










