भागबण्डा मिलाउन बैठक मात्र तर परिणाम कहिले ?

सुर्खेत , ८ वैशाख ः कर्णाली प्रदेशका १० जिल्लामा भागबण्डाका लागि सत्तारुढ दलको बैठक बसेपनि अझै सहमति हुन सकेको छैन । जिल्लाबाट अधिकांश एक्ला , एक्लै लड्ने आशयको पत्र आएपछि प्रदेश स्तरको सत्तागठबन्धन टोली सहमति गर्न नसकेको हो ।
दिनमा एक पटक अन्तरिक पार्टीको बैठक र गठबन्धनको वैठक गरेपनि निकास भने अझै निस्किएको छैन । आज दिनमा पनि बैठक रहेको नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । कसैले पनि आ आफना हट नत्याग्ने हो भने अन्तिमम मित्रवत प्रतिस्पर्धा नै हुने सम्भावना बढेको उनले बताए । सहमतिको नाममा सहमति गर्न नसकिने निष्कषमा माओवादी पुगेको स्रोतले बताएको छ । कर्णालीमा पहिलो दल माओवादी भएपनि कांग्रेसको दादागिरी बढेको स्रोतले बताएको छ । नेपाली कांग्रेस पनि भागबण्डा भन्दा पनि मित्रवत रुपमै चुनाव लड्न चाहेको एक नेताले बताए । समजवादी कम्जोर अवस्थामा छ , उसैले बढी भाग माग्छ कसरी हुन्छ सहमति एक नेताले भने ।
आज सम्मा १५ पटक सम्मा बैठक भएपनि सहमति हुन नसकेको बताएको छ । घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै कांग्रेसको चर्को दवाव रहेको छ । कांग्रेसको हैसियात कर्णालीमा तेस्रो रहेको छ । हैसियात भन्दा पनि सहमतिको कुरा हो , को बलियो वा कम्जोर भनेर गठबन्धन नगरिएको समाजवादीका नेताहरुले बताएका छन् । त्यस्तै चुनावमा टिकट पाउनका लागि शक्ति केन्द्र धाउनेहरुको संख्या ठुलो रहेको छ । सबै प्रदेश राजधानी र संघीय राजधानीमा टिकट लिनका लागि पुगेको बताएको छ । रुकुम पश्चिमको टिकटका लागि गुनासोको पोको बोकेर गएको कांग्रेसको टोली केन्द्रीय नेताले वास्ता नगर्दा निरास भएर फर्कीएको बताएको छ ।
समाजबादी जाजरकोटका अध्यक्ष कमानबहादुर खड्का काठमाडौँमा रहेका छन् । कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाही सुर्खेतमा रहेकी छिन् । गुटगट रुपमा आफ्नो पक्षमा माहुल बनाइ उम्मेदवार बनि चुनाव जित्ने उनीहरुको भित्री मनसाय रहेको छ । हिजो मात्र मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकक्षमा कांग्रेस नेताहरुको बैठक बसेको थियो तर के के कुरामा अडान राख्ने र कतिमा सहमति गर्ने भन्ने विषयमा कुनै केही पनि खुलाएको छैन । त्यस्तै जिल्लाको अवस्था के कस्तो छ , एक्लै चुनाव लडेमा कस्तो परिणाम आउछ भन्ने कुरामा समेत छलफल भएको बुझिएको छ ।










