मुख्यमन्त्री शाहीले सुनाए प्रगतीको पोको

सुर्खेत , ७ वैशाख ः कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले १७० किलोमिटर सडकके ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरउन्नती र ११ किलोमिटर कालोपत्रे गरिएको उनले बताए ।

१०० घरधुरीलाइ विद्युतीय उर्जामा पहुँच पुर्याइ बस्ती उज्यालो बनाएको प्रगती विवरण सुनाएको छ । जडिबुटी विकास मार्फत ५०० हेक्टर जमिनमा जडीबुटी खेती सुरु गरिएको बताएको छ । पर्यटन प्रवद्धन गर्नका लागि चिनिया र अंग्रेजी भाषाको वेभसाइट निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताए । अन्य प्रदेशले बढाएको तलव, भत्ता भन्दा आफ्नो प्रदेशमा बढाएको तलव भत्ता कम भएको भन्दै मुख्यमन्त्री शाहीले संघ सरकारको अनुमतीले बढाउने काम भएको बताए । रुकुम पश्चिम , डोल्पा ,सल्यान , हुम्ला र दैलेखमा जिल्ला अस्पतालहरु निर्माण कार्य जारी रहेको समेत बताए ।

कर्णालीमा ८१ वटा खेलमैदान निर्माण गरिनुका साथै ७९ वटा पालिकामा ४०० कक्षा कोठा निर्माण गरिएको बताएको छ । १ हजार २ सय ३९ हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको उनले जानकारी दिए । ६६ वटा सामुदायिक इकाइ पुर्णस्थापना भएर स्थानीय तह मार्फत काम भइरहेको बताएको छ । चिकित्सक , स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतहरु गरी ७३ जनालाइ परिचालन गरिएको छ । ४०० घरधुरी विपन्न परिवारको घर निर्माणको काम चलिरहेको बताए । डोल्पामा अस्पतालमा नयाँ जेनेरेटर खरिद गरेर काम सुरु भएको अन्य कुराको कुनै पनि जानकारी नगराएको मुख्यमन्त्री शाहीले बताए ।





error: Content is protected !!