समयमै काम सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

सुर्खेत ः कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले तोकिएको समयमा योजना निर्माण कार्य सम्पन्न गरी प्रगती विवरण उच्च बनाउन निर्देशन दिए । १० जिल्लाका कार्यालय प्रमुखसँग भचुअल बैठक गर्दै मन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।

सही र सत्य सूचना दिएर जनतालाइ सूचनको हक प्रदान गर्न समेत मन्त्री सिंहले निर्देशन दिए । काममा ढिला सुस्ती गरेर बजेट फ्रिज भएमा त्यो जनताको रकम खेर गएको हुने भन्दै सबै कर्मचारी साथीहरुले जनताको पक्षमा भारी लगानी गर्न समेत आग्रह गरे । आगामी बजेट निर्माण गर्दा यर्थाथ धरातल हेरेर मात्र काम गर्न र उपलब्धी विहिन योजनामा लगानी सिफारिस नगर्न समेत उनले गरे । कर्मचारीको अभावकै बीचमा पनि हामीले जुन काम गरेका छौँ , त्यो सबै भन्दा राम्रो छ , त्यसका लागि सबैलाइ धन्यवाद समेत मन्त्री सिंहले भने ।

पुराना योजनालाइ निर्माण गर्ने , आवश्यकता आधारमा नयाँ बनाउने लगाएका काममा ध्यान दिन समेत उनले आग्रह गरे ।





error: Content is protected !!