नयाँ जातका स्याउ परीक्षण

सुर्खेत , ७ वैशाख ः स्याउ उत्पादनका हिसावले उत्कृष्ट मानिएको डोल्पामा नयाँ नयाँ जातको परीक्षण कार्य सुरु भएको छ । हिमाली क्षेत्र रहेको डोल्पामा तीन प्रकारका हावापानी पाइने गरेको छ । मध्य डोल्पामा स्याउँ पाइने गर्दछ ।
उच्च घनत्वको फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड स्याउको परीक्षण थालिएसँगै यहाँका स्थानीयबासीहरु थप खुसी भएका छन् । ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउँको बिरुवा ल्याएर परीक्षणको काम सुरु भएको छ । परीक्षणका लागि फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातका स्याउ केन्द्रमा लगाइएको छ । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पती बुढाले बताए ।
लगाएका स्याउका विरुवाहरु केही एक् वर्षमा फलिसकेको र केही फल्ने क्रम्मा रहेको उनले बताए । सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउको सम्भाव्यता अध्ययन गर्न थालिएको प्रमुख बुढाले बताए । स्याउ राख्नका लागि जिल्लामा चिस्यान केन्द्र नभएकाले उच्च घनत्वको स्याउको विकल्प खोजिएको उनले बताए । त्यस्तै परीक्षण लागि स्याउ लगाएको केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० विरुवा केन्द्रमै तयार भइरहेको बताएको छ ।
परीक्षणमा रहेका स्याउँको जातहरुले उचित स्याद दिएमा विस्तार गरिने छ । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब ४ सय हेक्टरमा स्याउ लगाइएको जिल्ला केन्द्रले जनाएको छ ।
स्थानीय जातका स्याउहरु डोल्पाका मध्य तथा तल्लो डोल्पामा लगाइदै आइएको छ । सडक सञ्जाल जोडिएपनि विद्युत आपूर्तीमा समस्य भएको डोल्पामा उत्पादीत बस्तुहरु बजार सम्मा पुर्याउन नसक्नु सबै भन्दा चुनौती हुँदै आएको छ ।
माल पाएर पनि चाल नपाउने अवस्थाबाट गुर्जीएको डोल्पामा भुगोल अनुसारको उत्पादनलाइ ध्यान दिन यो तरिकाले अपनाएको बताएको छ । पालिकाले पनि स्याउँको उन्नत जातको काम भइरहेको बताएको छ । मुड्केचुला , ठुलिभेरी र जगदुल्लाले यसमा ध्यान दिएको बताएका छन् ।
पालिकाले आफैले पनि विदेशी मुलुकबाट ल्याइएका स्याउँका विरुवाले फल दिन सुरु गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । कृषि शाखा मार्फत भारी जमिनमा स्याउ लगाएर कृषकको जीवनस्तर बदल्ने अभियानमा रहेको बताएको छ ।










