शिक्षक गाउँपालिकाको उम्मेदवार

सुर्खेत, ७ वैशाख ः नेपाली कांग्रेसको कम प्रभाव रहेको रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापकलाइ अध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरिएको छ ।
त्रिवेणी गाउँपालिका अध्यक्षका लागि बहालवाला प्रधानाध्यापकको नाम सिफारिस गरेपछि समाजमा शिक्षकहरुको राजनीतिमा पहुँच कति रहेछ भन्ने चर्चा सुरु भएको छ । समाजमा राम्रो प्रभाव रहेको भन्दै गाउँपालिका अध्यक्षमा हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्याप अमरसिङ खड्कालाई सिफारिस गरिएको कांग्रेसले बताएको छ । उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठा मगरलाई सिफारिस गरिएको कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।
खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए । कांग्रेसले यसअघि नै बाँफिकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ ।
रुकुम पश्चिममा बाट कांग्रेसले कुनै पनि पालिका जितेको छैन । माओवादी केन्द्रले पनि सबै पालिकामा उम्मेदवार छनोट गरिसकेको छ । त्यस्तै कर्णालीका कुनै जिल्लामा पनि अहिले सम्मा सहमति भएको छैन । एक दिन समय दिएर भागबण्डामा सहमति गर्न जिल्लामै प्रदेश समितिले आग्रह गरेर फर्काएपछि जिल्लामा अहिले सम्मा सहमति बन्न सकेको छैन । बरु सम्भावित उम्मेदवारहरु शक्ति केन्द्र तर्फ उम्मेदवार बन्न पाउ भन्दै दौडमा लागेका छन् ।
ठुला नेता भएका जिल्लामा सबै भन्दा बढी भागबण्डा मिलाउन सकस भएको छ । एकले अर्काको अस्तीत्व स्वीकार नगर्दा समस्य भएको छ । उम्मेदवार नै बार्तामा गएपछि सहमति नभएको बुझिएको छ । उत्ता उपल्लो डोल्पामा नेकपा ( एकीकृत समाजवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा आचारसंहिता उलंघन गदै विद्यालय ,विद्यालयमा कार्यक्रम गदै हिडेको तस्वीहरु सार्वजानिक भएका छन् । उपल्लो डोल्पामा उनी पुग्ने भएपछि असुरक्षा भएको भन्दै डोल्पो बुद्ध गाउँपालिकाले सुरक्षा नै माग गरेको छ । भारी यूवाहरुको भिड लिएर सांसद बुढा त्यहाँ जान थालेपछि असुरक्षा गाउँलेहरुले गरेका छन् ।










