दुइ पालिकाका अध्यक्ष एसमा प्रवेश

सुर्खेत , डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेकाछन् । सोमबार साझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।
अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जितेपनि पछि एमालेमा समाहित भएका थिए । संविधान,लोकतन्त्र ,गणतन्त्र संस्थागत गर्न माधव नेपालले सहि कदम चालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।










