डोल्पोबुद्धका सर्वसाधारणले सुरक्षा माग गरे

डोल्पा, डोल्पाका प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका इन्चार्ज धनवहादुर बुढाले उपल्लो डोल्पाको चुनाव विथोल्न रातारात सयौँ युवाहरू डोल्पोबुद्द गाउँपालिकाको धो मा खटाएको आरोप लागेको छ । डोल्पोबुद्धको सबै जसो जनप्रतिनिधि र जनता माओवादी केन्द्रमा प्रवेश गरेपछि पटक पटक आफू र आफ्ना मान्छेहरूलाइ धम्याउन लगाएको र त्यहाँका जनताले स्वतन्त्ररूपमा हामी राजनीति गर्न पाउनु पर्छ भन्दा जनतालाइ धम्क्याउन गुण्डाहरू खटाएको डोल्पोबुद्दका एक प्रतिनिधिले जानकारि दिए ।

सोमबार मात्रै १ सय भन्दा बढि युवाहरू दिउसो र राति राति धो तारापमा पुगेर स्थानीय जनतालाइ धम्काउन थालेपछि स्थानीयहरू त्रसित बनेको ति प्रतिनिधिले बताए । युवाहरू सयौँको संख्यामा एकाएक आएकको सुरक्षाका नाममा १६ जना मात्र प्रहरीहरू रहेको असइ हस्तवहादुर तिरूवाले बताए । हुलका हुल अपरिचित युवाहरू आएका छन् को हुन् कताका हुन् थाहाँ छैन । गाउँका घरघर छिर्न गरेकाले स्थानीय त्रसित बनेको र थप सुरूक्षा कर्मी माग गर्ने असइ तिरूवाले जानकारि दिए ।
उता जिल्ला प्रशासन डोल्पालाइ पहिल्यै जानकारी हुँदा हुँदै हेलचेक्राइ गर्दा सयौँ युवाहरू अनावश्यक रूपमा छिरेको र स्थानीय त्रसित बन्न बाध्य छन् । यस विषयमा जान्न खोज्दा प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले कसैले कानुनको उल्लङ्घन गरे धम्काउने,थर्काउने र गुण्डागर्दी गरे कानुनी दायमा ल्याउने दावी गरे । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी निरन्जन थापाले यसविषयमा बुझिरहेको र सुरक्षा दिन प्रहरी तैनाथ गरिएको बताए ।

सांसद बुढाले जनतालाइ धक्याएर नमाने दमन गरेर भएपनि आफ्नो स्वार्थका लागि डोल्पोबुद्द गाउँपालिकामा आफ्ना अनुकुलका मान्छे जिताउन लागि परेका छन् । सोहि अनुसार कार्यक्रमको बाहनामा ५ सय भन्दा बढि गुण्डाहरू लिएर आउने भनेर उनीनिकटका मान्छेहरू सामाजिक सञ्जालमा लेख्दै हिडिरहेका छन् । त्यतिमात्र नभएर करोडौँ रकम व्यवस्था गरेर हजारौँ युवाहरू खटाएर भिडन्त गराएर चुनाव विथोल्ने सांसद बुढाको मनसाय छ । यस विषयमा बुज्न् खोज्दा सांसद बुढा सम्पर्कमा आउन चाहेनन् । उनी अझ ५ सय भन्दा युवाहरू लिएर मंगलवार,बुधवार तिर जाने जिल्लामा व्यापक हल्ला छ ।

डोल्पोबुद्द गाउँलिकाका जनता र जनप्रतिनिधिको सुरक्षा निकायसँग हारगुहार
सोमबार गाउँपालिकाको धो तरापमा बसेको स्थानीय प्रतिनिधि र जनताको बैठकले चुनावको समय अवधिभर सुरक्षा प्रदान गर्न नेपाल प्रहरी,शसत्र प्रहरी बल र नेपाली सेनासम्मलाइ हारगुहार गरेका छन् । यस्तो छ निर्णय जस्ताको तस्तै ः





error: Content is protected !!