जाजरकोटमा टाईफाइड विरुद्ध खोप दुइ चरणमा

जाजरकोट / जाजरकोटमा टाइफाइड विरुद्धको खोप दुइ चरणमा सुरु भएको छ । पहिलो चरणमा शुक्रवार देखि भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाँउपालिकामा आगामी बैशाख ४ गते सम्म र दोस्रो चरणमा आगामी चैत्र २७ देखि बैशाख ९ गते सम्म जिल्लाका नलगाड नगरपालिका, शिवालय गाँउपालिका, जुनीचाँदे गाँउपालिका र कुशे गाँउपालिका भित्रका बालबालिकालाई खोप दिने योजना रहेको छ ।

सुक्रबार जाजरकोटको कुदुबाट टाईफाइड खोप अभियानको शुभारम्भ गरिएको छ । भगवति मावि कुदुमा आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।

खोप अभियनको शुभारम्भ गदै संयोजक रावलले सवै बालबालिकालाई खोप अभियानमा सहभागी गराउन आब्हान गरेका छन् । बालबालिकाको स्वास्थ्यलाई अझ मजबुद बनाउन र रोग सँग लड्ने क्षमतामा बृद्धि गर्न यो खोप निकै प्रभावकारी हुने भएकोले नजिकको खोप केन्द्र गएर खोप लगाउन अभिभावकलाई उहाँले आग्रह गनुभयो ।

सरकारले देशभरका १५ महिना देखि १५ बर्ष उमेर समुहका सवै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाईफाइड विरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरेर पठाएको खोप भएकोले यसको अन्य असर केही नभएको हुँदा ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउने कार्यमा सरिक गराईदिन कार्यालय प्रमुख कँडेलले आग्रह गनुभयो । उहाँले यो खोप अभियान देश ब्यापी भएकोले सहयोग गर्न शिक्षक, अभिभावक, सञ्चारकर्मी लगायत सम्बन्धित सरोकारवालालाई आग्रह गनुभयो ।





error: Content is protected !!